काठमाडौं । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनले नेपालका बाढी पीडितका लागि आफ्नो आकस्मिक कोषबाट ७५ हजार डलर रकम प्रदान गरेको छ ।
अविरल वर्षापछिको बाढी पहिरोबाट पीडितका लागि भन्दै मल्टिपल डिष्ट्रिक्ट ३२५ का ७ वटा डिष्ट्रिक्टले सहयोगको अपिल गरेका थिए । त्यसमध्ये डिष्ट्रिक्ट जि, एच, आई, जे र एस को प्रस्ताव स्वीकृत भएको लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनका एरिया लिडर लायन राजन लम्सालले जानकारी दिए ।
प्रति डिष्ट्रिक्ट १५ हजार डलर रकम स्वीकृत भएको छ । डिष्ट्रिक्ट सि र आर ले पठाएको प्रस्ताव भने स्वीकृत हुन बाँकी छ । आफूले पठाएको प्रस्ताव अनुसारका काठमाडौं, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक लगायतका स्थानमा पारदर्शी ढंगले पीडित परिवारलाई राहत वितरण गर्न सम्बन्धित डिष्ट्रिक्टका गभर्नर र लायन्स लिडरहरुलाई लम्सालले आग्रह गरेका छन् ।
बाढी पीडितका लागि लायन्स इन्टरनेसनलबाट ७५ हजार डलर सहयोग (lionskhabar.com)
देशमा बाढी र पहिरोको कारण परेको बिपतका बेला LCIF ले Emergency Grant अन्तर्गत निम्न डिस्ट्रिक्ट मार्फत निम्नानुसारको रकम Approve गरेको छ ! बिपतका बेला केही राहत भएको छ ! प्राप्त रकम बाट यथासिघ्र पारदर्शी ढंगले पीडित जनतालाई राहत बितरण गर्न सम्बन्धित DG Team र लायन्सहरु जुट्न जरुरी छ !
१। District 325 G; USD 15,000
२। District 325 H; USD 15,000
३। District 325 I; USD 15,000
४। District 325 J; USD 15,000
५। District 325 S; USD 15,000
६। District 325 C under process
७। District 325 R under process
लायन राजन लम्साल
LCIF Area Leader
